आईताबारदेखि जारी नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन हुने भएको छ ।
मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन । कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधवारका लागि सारिएको थियो । पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो ।
कांग्रेस विशेष महाधिवेशनमा आज उम्मेदवारी दर्ता












