Advertisement

कांग्रेसको विशेष महाधिवेशनमा आज १० बजेदेखि बन्दसत्र

भृकुटीमण्डपमा हिजो बाट सुरु भएको विशेष महाधिवेशनमा आज बिहान १० बजेदेखि बन्दसत्र चरणमा प्रवेश गर्ने जनाएको छ ।
उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलले जानकारी दिए । आज बिहानबाट पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने पोखरेलले जानकारी दिए ।
आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसके छन । नेता युवराज पाण्डेयका अनुसार कुल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएका छन ।