Advertisement

राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुर्दैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ ।आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ ।