Advertisement

एमालेको सचिवालय बैठक बिहान ९ बजे बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको जनाएको छ । राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन ।
आजको बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने बताएको छ ।