Advertisement

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

आज रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन । भने १८ जनाले ५१ कित्ताका दरले शेयर प्राप्त गरेका छन ।