Advertisement

क्यान्सरको क्षेत्रमा अनुसन्धान र अध्यापन गर्दै आएका विशाल ज्ञवालीलाई सफलता

क्यान्सरको क्षेत्रमा अनुसन्धान र अध्यापन गर्दै आएका विशाल ज्ञवालीलाई सफलता मिलेको छ ।
एआईको मद्दतले विश्वभरका विज्ञ र अनुसन्धाता एवं अनुसन्धान गर्ने निकायको बारेमा जानकारी एवं वरीयता निर्धारण गर्दै आएको SeholarGPS प्रतिष्ठित र विशाल प्लेटफर्मले ग्लोबल अन्कोलोजी क्षेत्रमा डाक्टर विशाल ज्ञवालीलाई पहिलो वरीयतामा राखिएको छ। चिकित्सा क्षेत्रमा ज्ञवाली विश्वकै प्रतिष्ठित र उच्चस्तरका विज्ञ मानिन्छन। अनुसन्धाताहरूको योगदान, शोधपत्र, प्रभाव र क्षमताको आधारमा वरीयता तोकेको थियो ।
ग्लोबल अन्कोलोजीले उच्च आय भएका देशहरू,न्यून र मध्यम आय भएका देशहरू बीचको क्यान्सर उपचारको खाडललाई कम गर्ने काम गदैं आएको छ । यसले क्यान्सरको रोकथाम, निदान, उपचार र अनुसन्धान गर्न पहल गर्दै आएको छ । सीमित क्षेत्रहरूमा क्यान्सरको असमान भारलाई सम्बोधन गर्न सहकार्य, तालिम र क्षमता अभिवृद्धिमा जोड दिदै आएको छ । हाल क्यान्सरको समस्यालाई हल गर्न विशाल टिम दत्तचित्त भएर लागेको देखिन्छ । उनको अनुसन्धान र योगदानले नेपालमा मात्रै नभई सिङ्गो विश्वले लाभ लिने विश्वास रहेको छ ।
क्यानडाको प्रतिष्ठित क्वीन्स युनिभर्सिटीमा अध्यापनरत ज्ञवाली विश्वस्वास्थ्य सङ्गठनदेखि युरोप र नेपालसम्मका क्यान्सरसम्बन्धी संस्था र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन । क्यान्सरको क्षेत्रमा विश्वकै प्रतिष्ठित सम्मान मानिने अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको फेलो पाउने उनी पहिलो नेपाली हुन ।