नेपाली कांग्रेसले आज बिहानसम्म पनि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।
बिहान ४ बजे महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार आयोग पुगे पनि बन्दसूचीमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि बिहान ६ बजेसम्म बन्दसूची बुझाउन सकेका छैनन । कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापति देउवाको हस्ताक्षर गराउन महाराजगन्ज पुगे पनि नफर्किएकोले बन्दसूची बुझाउन विलम्ब भएको हो ।
आज बिहानसम्म पनि कांग्रेसले बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची











