Advertisement

कांग्रेसका सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

आज बिहान ९ बजे आफ्नै निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाएको छ । बैठक आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित रहने बताइएको छ ।कांग्रेसले पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।