Advertisement

एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान प्रक्रिया सुरु भएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो । मतदानका लागि नेता कार्यकर्ताको लामो लाइन लागेको छ ।