बैतडीमा स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मङ्गलबार मृत्यु भएको हो । स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेको जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
भिरबाट लडेर वृद्धाको मृत्यु












