Advertisement

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
आज बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ ।डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो ।