आज भएको एनपीएल खेलमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ ।
पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम लगातार दोश्रो पटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर १ बलमा ७८ रन बनाएर अलआउट भयो ।
विराटनगरका फाफ डु प्लेसिसले ३६ र मचेन्ट डे याङ्गेले १५ रन बनाए । सुदूरपश्चिमका स्कट कुग्लेलिजन, हर्मित सिंह र अविनाश बोहराले समान २ तथा हेमन्त धामी, र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा












