Advertisement

एनपीएलमा आज पहिलो क्वालिफायर हुँदै

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि पहिलो क्वालिफायर हुँदैछ ।
प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दैछ । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।