Advertisement

सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

गत वर्षको चैत १५ गते राजावादीको अन्दोलनमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ ।
रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।