Advertisement

आजदेखि कान्ति लोकमार्ग मर्मतका लागि ६० दिनसम्म दिउँसो बन्द हुने

आजदेखि आवश्यक मर्मत सम्भारका लागि कान्ति लोकमार्ग दुई महिनासम्म बन्द हुने भएको छ।
कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको छ। सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।