चालु आर्थिक वर्षको प्रथम चौमासिकमा पूर्वीनाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।
समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए। यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो ।
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात












