Advertisement

दल दर्ता गर्ने आज अन्तिम दिन

फागुन २१ गते हुने निर्वाचनको लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ ।
सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सबै काम अघि बढाएको छ। अहिलेसम्म निर्वाचन आयोगमा कांग्रेस,एमाले,नेपाली कम्युनिस्ट पार्टीसहित ८० वटा दल दर्ता भइसकेका छन्। दल दर्ताका लागि आज अन्तिम दिन तोकिएको छ।आज अन्तिम दिन भएका कारण दल दर्ता संख्या अझै बढ्ने अनुमान गरिएको छ।