आज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिवार दुई वटा खेल हुँदैछन ।
आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो साढे तीन बजे काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ । कर्णाली र लुम्बिनीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । त्यस्तै काठमाण्डुले आज तेस्रो खेल खेल्दैछ ।
आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै












