Advertisement

आज कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

आज पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।
बैठक दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अघिल्लो बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।