आज नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन ।
पहिलो खेल पौने १२ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ । एनपीएलको दोस्रो संस्करण हिजोदेखि शुरू भएको हो । उद्घाटन खेलमा हिजो काठमाण्डौ गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको छ । एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।
आज एनपीएलमा चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने












