दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो खेलमा काठमाण्डौ गोखार्जले विजयी शुरुआत गरेको छ ।
जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । काठमाण्डौका बेन चाल्र्सवर्थले ४६, आकाश त्रिपाठीले ३९ र मिलिन्द कुमारले १९ रन बनाए । काठमाण्डौका ललित राजवंशी, निकोल लोफ्टी इटन, सन्जय कृष्णमूर्ती, किशोर महतो र अनिल साहले समान एक विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जनकपुरका आसिफ शेखले ५४, मयन यादवले अविजित ३४ रन बनाए । काठमाण्डौका मिलिन्द कुमारले ३ विकेट लिए ।
आजदेखि शुरू भएको एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।
एनपीएलमा काठमाण्डौ गोर्खाजको विजयी, जनकपुर बोल्ट्स ५ विकेटले पराजित












