आज एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि कर्णाली यशविस र ललितपुर क्वीन्स खेल्दैछन ।
खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि शुरु हुनेछ । समूहको शीर्ष दुई स्थानमा रहँदै यी दुई टोलीले फाइनल खेल्न लागेका हुन। हिजो भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले ललितपुरलाई ३–१ को सेटमा हराएको थियो । यस्तै हिजै भएको अर्को खेलमा काठमाण्डौ स्पाइकर्सले लुम्बिनी लाभाजलाई हराउँदै तेस्रो बनेको छ । काठमाण्डौले लुम्बिनीलाई ३–२ को सेटमा हराएको हो ।
एभरेस्ट महिला भलिबलमा आज कर्णाली र ललितपुर खेल्दै












