Advertisement

आज कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला गर्दै

आज नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला आह्वान गरेको छ ।
विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले नयाँ बानेश्वरमा महिला भेला गर्न लागेको हो । उनीहरूले बिहीबार थापागाउँमै महिला भेला आयोजना गरेका थिए । विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।