हालै सम्पन्न ७ औं अधिवेशनबाट बौद्ध तामाङ कल्याण गुठीको अध्यक्षमा राजेन्द्रकुमार लामा निर्वाचित भएका छन ।
अध्यक्ष पदमा राजेन्द्रकुमार लामाले २१९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी जयमंगल लामाले ६१ मत प्राप्त गरेका थिए। अन्य पदहरूमा भने उम्मेदवारहरू सर्वसम्मत निर्विरोध निर्वाचित भएको हो ।
उन्नाइस सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष मनोजकुमार लामा, उपाध्यक्ष सोनम लामा,नुर्बु लामा र सृजन लामा,सचिव धर्म लामा,सहसचिव गंगा लामा र कोषाध्यक्ष बलविर लामा लगायत दश सदस्य निर्वाचित भएका छन ।
कार्यक्रम प्रमुख अतिथि छिरिङ दोर्जे लामा,विशिष्ट अतिथि काठमाडौं महानगरपालिका–६ का वडा अध्यक्ष भुवन लामा तथा विभिन्न संघसंस्थाका प्रतिनिधि,समाजसेवी र स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा ज्येष्ठ नागरिक कृष्णबहादुर लामालाई सम्मान गरिएको थियो भने शिक्षण क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरूलाई नगदसहित अभिनन्दनपत्र प्रदान गरिएको थियो।
बौद्ध तामाङ कल्याण गुठीको अध्यक्षमा राजेन्द्रकुमार लामा












