Advertisement

नयाँ मतदाता थप्ने क्रम जारी

निर्वाचन आयोगमा नयाँ मतदाता थप्ने क्रम जारी रहेको छ ।
बिहीबारसम्म १ लाख ३६ हजार ६० मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ। बिहीबार मात्रै ११ हजार १९७ जना नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । जसमा ६ हजार ४६१ पुरूष र ४ हजार ७३४ जना महिला थिए भने २ जना अन्यले दर्ता गराएका थिए। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ। कात्तिक ३० गतेभित्र नाम दर्ता गराएका मतदाताले मात्रै उक्त निर्वाचनमा भोट हल्न पाउने अयोगले जनाएको छ ।