अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न सडक अझै अवरुद्ध छन ।
कोशी,बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अझै खुलेको छैन । कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ मा बरुणखोला नजिक कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा चारखोले नजिक कोशी लोकमार्ग एकतर्फी रूपमा सुचारु छ । बागमती प्रदेशमा बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीनलाई जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।गण्डकी प्रदेशको मुस्ताङमा पहिरोका कारण वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित छुसाङ र ताङ्वे बिचको कालाभीर नजिक जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै घरपझोङ गाउँपालिका–४ मा पाण्डाखोला नजिक जोमसोम–कोरोला सडक खण्ड एकतर्फी रूपमा सुचारु छ ।
देशका विभिन्न सडक अझै अवरुद्ध












