आज प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबिच बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी थिए ।
प्रधानमन्त्री र संघीय संसद्का दुवै सदनका प्रमुखबिच भेटवार्ता












