नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि दिउसो १ बजे बस्नेछ ।
असोज २८ गतेदेखि सुरु भएको बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ । यसअघि शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल,जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू,अर्जुनप्रसाद जोशी,पुष्पा भुसाल, प्रदीप पौडेल,डा.डिला संग्रौला,डा. गोपाल दहित,सञ्जयकुमार गौतम,मानबहादुर नेपाली, गोविन्दबहादुर शाह,महिन्द्रकुमारी लिम्बू,डा. चन्द्रमोहन यादव,मैकुलाल वाल्मिकी,सरस्वती बजिमय,मुक्ताकुमारी यादव,कान्तिका सेजुवाल,दिनेश कोइराला,सुशीला थिङ र भरतकुमार शाहले धारणा राखेका थिए । यसैगरी आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी),शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले पनि बैठकमा धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि











