आजदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट राहदानी सम्बन्धी सेवा सुरु भएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । आगजनीका कारण रोकिएको राहदानी सम्बन्धी सेवा आजदेखि दुई सिफ्टमा सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा राहदानी सेवा सञ्चालन हुने उनले जानकारी दिए । अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म खुल्ने छ ।सेवाग्राहीको अत्यधिक चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु पाँच बजेभित्रै उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
आजदेखि राहदानी सेवा सुरु












