आज मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभा बैठकबाट विश्वासको मत लिने भएको छ ।
गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन आग्रह गरेको थियो । सोही अनुसार आज प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए । उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोसे भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन ।
आज मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै












