Advertisement

विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि

हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ ।
हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अल(कसम ब्रिगेड्सले आज चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ । विज्ञप्तिमा उनीहरूको शव आजै हस्तान्तरण गरिने उल्लेख छ । विपिनको शव आजै हस्तान्तरण गरिने जनाएको छ ।