Advertisement

आईसीसी टी–२० एशिया छनोटको सुपर–६ अन्तर्गत नेपालले आज कतारसँग खेल्दै

आज आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले कतारसँग खेल्दैछ ।
खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ । यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।
हिजोको खेलमा नेपालले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो । यूएईलाई अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा तीन विकेट गुमाएर एक रन मात्र जोड्न सक्यो । नेपाल दुई खेलमा चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा चार अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।