आजदेखि ओमानमा शुरू हुने आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेलमा पहिलो दिन नेपालले कुवेतसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको छ । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन ।
आज आईसीसी टी–२० विश्वकप छनोटमा नेपाल र कुवेत खेल्दै












