Advertisement

आजको सार्वजनिक बिदा कटौती

सरकारले अविरल वर्षापछि हुन सक्ने क्षतिलाई मध्य नजर गर्दै दिएको बिदा आईताबार बिहानदेखि पानी रोकेपछि कटौती गरेका छ ।
आजदेखि काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय खुल्ने भएका छन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘काठमाडौं जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयको अत्यन्त जरुरी सूचना’ जारी गर्दै सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएको हो ।‘विगत २ दिन देखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति २०८२–०६–१९ र २० गते २ दिन सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२–०६–२० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरू र स्थानिय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु अनुरोध गरिएको सूचनामा उल्लेख गरिएको छ ।