Advertisement

साफ यू–१७ च्याम्पियनसिप सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारतबिचको खेल हुदैछ ।
खेल नेपाली समयअनुसार साँझ ७ः३० बजे सुरु हुनेछ । नेपाल सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेर प्रवेश गरेको हो भने भारतले समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।समूह ‘ए’ मा तीन अंक बनाएको नेपालले समूह चरणमा भुटानलाई २–० ले हराउँदा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ३–२, भुटानलाई १–० र मालदिभ्सलाई ६–० ले हराएको थियो ।