Advertisement

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

गए राति अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएको सडक आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ ।