बिहीबार साँझ सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु भएको छ।
हरिपूर्वा नगरपालिका-५ संग्रामपुरस्थित संग्रामपुर-बाँके सडकखण्डमा बिआर ३० एई ८२२८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध पैदलयात्रीको मृत्यु भएको हो।मृतक ६८ वर्षीय गजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। उपचारको क्रममा उनको राति मृत्यु भएको हो।
मोटरसाइकल चालक सर्लाहीको पर्सा गाउँपालिका-५ का अन्दाजी २४ वर्षीय सरवनकुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु












