Advertisement

गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

आज नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै छ । दिवसको अवसरमा शोभा भगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्र्थापनाका लागि नेतृत्व गरेको र जनतालाई अधिकार सम्पन्न बनाउन राजासँग सम्झौता नगरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिन्छ ।१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहले ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अफर पनि अस्वीकार गरेका थिए ।