प्रतिनिधि सभा विघटन गरिएको विषयमा ८ दलहरुले असमति जनाएका छन ।
८ दलले आज संयुक्त विज्ञप्ति जारी गर्दै विघटनको सम्बन्धमा असहमति जनाएका हुन ।मिति २०८२ भदौ २७ गते राती वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति हाम्रो गंभीर ध्यानाकर्षण र असहति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । संविधान तथा प्रचलित कानून बमोजिम सुसाशनको माग राखेर भएको आन्दोलनको मर्म विपरित अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको दलहरुको भनाइ छ।
प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संबोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गरिएका विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधि सभा विघटनमा ८ दलको असहमति












