रौतहटमा जारी निषेधाज्ञा र कफ्र्यु कायमै रहेको छ ।
सिडिओ विनोद कुमार खड्काले शनिवार एक सूचना जारी गरी कफ्र्यु जारी रहेको जानकारी दिएका हुन । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ७ बमोजिम जारी गरिएको आदेशअनुसार भदौ २८ गते शनिवार बिहान ६ :०० बजेदेखि बेलुकी ९ः०० बजेसम्म निरहेको निषेधाज्ञा लागू हुनेछ । त्यस्तै, सोही दिन बेलुकी ९ः०० बजेदेखि भदौ २९ गते बिहान ६ः०० बजेसम्म कफ्र्यु जारी रहने जनाएको छ ।
निषेधाज्ञा अवधिभर पाँचजना भन्दा बढी मानिस भेला वा जमघट गर्न नपाइने, यातायातका साधन (सार्वजनिक तथा निजी) सञ्चालनमा रोक लगाइने तर आकस्मिक सेवाका सवारी साधन (एम्बुलेन्स, स्वास्थ्य, खानेपानी, खाद्यान्न, औषधि, दूध, सब्जी, दुग्ध पदार्थ तथा दुध दुहाईका साधन) मा भने रोक नहुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको सिडिओ विनोद कुमार खड्का द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
रौतहटमा आज पनि निषेधाज्ञा जारी












