आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ।
आज सुन प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा यो प्रतितोला ४ सय रूपैयाँले घटी हो। आइतबार सुन प्रतितोला दुई लाख १२ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै,आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ ।
आइतबार २५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला २४ सय ७५ रूपैयाँमा कारोबार भएको छ।
सुनको मूल्य घट्यो












