आज सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णायपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक भएको बताएका छन ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका हुन ।नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोप समेत लगाएका छन ।उनले सरकारको उक्त निर्णय तुरून्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न आग्रह गरेका छन । यतिखेर सामाजिक बन्दको चर्चाले बजारमा तरङ् फैलिएको छ ।
सामाजिक सञ्जाल बन्दप्रति शेखर कोइरालाको आपत्ति












