Advertisement

एएफसी यू-२३ एशियन कप छनोट अन्तर्गत नेपालले आज ताजिकिस्तानसँग खेल्दै

आज नेपालले एएफसी २३ वर्षमुनिको एशियन कप छनोट अन्तर्गत घरेलु टोली ताजिकिस्तानसँग खेल्दैछ ।
खेल दुशान्बेमा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ । नेपाली २३ वर्षमुनिको टोलीको कप्तानी आयुष घलानले गर्दैछन । नेपाल समूह ‘के’ मा छ । यो समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स छन । नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फिलिपिन्ससँग खेल्नेछ । छनोट प्रतियोगितामा ४४ वटा टोलीलाई ११ समूहमा विभाजन गरेको छ । हरेक समूहमा चार टोलीले एक अर्कासँग खेल्नेछन । समूहको शीर्ष स्थानमा रहने र चार उत्कृष्ट उपविजेता साउदी अरबमा अर्को वर्ष हुने एएफसी २३ वर्षमुनिको एशियन कपमा छनोट हुनेछ ।