Advertisement

एमालेको सचिवालय बैठक भोली बस्दै

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोली दिउँसो ३ः०० बजे बस्ने भएको छ ।
बैठकमा एमालेको दोस्रो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन,विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशन प्रस्तुत गरिने बताए । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनाईज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुदैछ । एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुने एमाले जनाएको छ ।