Advertisement

दूध उत्पादक किसानहरुले आज डीडीसीको कार्यालयमा धर्ना दिदैँ

आज दूध उत्पादक किसानहरुले आज डीडीसीको कार्यालयमा धर्ना दिदैछ ।
दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा गर्न लागेका हुन । आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीले जानकारी दिए । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको तर त्यसको सम्बोधन नभएकाले धर्ना दिन लागेको बताए । किसानहरूको पीडा, समस्या र मागहरूलाई उजागर गर्दै आफ्ना जायज मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम राखिएको उनको भनाइ छ । धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने छ । धर्ना कार्यक्रममा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता रहने छ ।