Advertisement

साफ यू–१७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपाल र भारत खेल्दै

आज साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले भारतसँग खेल्दैछ ।
खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरु हुनेछ । नेपाल प्रतियोगिताको उपाधि जित्ने होडबाट बाहिरिसकेको छ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग, तेश्रो र चौथो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भूटानलाई हराएको थियो । प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन । डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।