आज १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले भूटानसँग खेल्दैछ ।
खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । नेपाल पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो ।प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
नेपालले पर्सि आइतवार र भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ ।
यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपाल र भूटान खेल्दै












