नेपाल आज टप इण्ड टी–२० शृङ्खलाको आफ्नो चौथौ खेलमा होबर्ट हुरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । आफ्नो तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो । त्यसअघि दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो । प्रतियोगीतामा नेपालले अहिलेसम्म तीन खेलमा लगातार हार बेहोरिसकेको छ । प्रतियोगितामा ११ वटा टोली छन । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन ।
टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज होबर्ट हुरिकेन्ससँग खेल्दै












