आइतबार बेलुकी काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
बूढानीकण्ठ नगरपालिका-७ स्पेसल चोकमा बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३-०२-००२ प ५७२ नं को मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।मोटरसाइकलमा तीन जना सवार र स्कुटरमा दुई जना सवार रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।दुर्घटनापछि पाँचै जनालाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिरहाको जमदाहाका २९ वर्षीय भोला थापाको उपचार क्रममा सोमबार बिहान २:१५ बजे मृत्यु भएको हो। अन्दाजी ३५ वर्षका अर्का व्यक्तिको पनि सोही समयमा मृत्यु भएको हो। उनी मोटरसाइकलमा थिए कि स्कुटरमा थिए भन्ने पनि खुलेको छैन।बाँकी तीन जना घाइतेको अवस्था पनि गम्भीर छ। तीमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ।
काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु












