शुक्रबार बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन ।मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई आज मन्त्री पदमा नियुक्त गरेका थिए ।सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन ।२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले सरकार गठनको १० दिनपछि दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो ।
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ












